नेभिगेशन
अर्थतन्त्र

बुटवलमा प्रोटोनको एक्सचेञ्ज योजना

काठमाडौं – ईभी ब्राण्ड प्रोटोन ईमासले बुटवलमा ‘एक्सचेञ्ज फर एक्सेलेन्स’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत पुस १२ देखि १४ गतेसम्म कालिकानगरस्थित प्रोटोन ईमासको शोरूममा ग्राहकले विशेष सुविधासहित ईमास सेभेन गाडी खरिद गर्न सक्नेछन् ।

योजना अवधिमा ग्राहकले आफ्ना पुराना सवारीसाधन उचित मूल्यांकनसहित ईमास सेभेनसँग साट्न पाउनेछन् । प्रोटोन ईमासका ईभीका विशेषता, सेवा, सुविधा र फाइदाबारे विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ । एक्सचेञ्ज कार्यक्रमका अवसरमा प्रोटोन ईमास सेभेनको सुरुआती मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

प्रोटोन ईमास सेभेनमा १६० किलोवाट क्षमताको मोटर, १८० एमएम ग्राउण्ड क्लियरेन्स तथा ४९२ किलोमिटर र ५८५ किलोमिटरसम्मको एनईडीसी रेञ्ज छ । आधुनिक सुरक्षा प्रविधि, आकर्षक प्रिमियम डिजाइन र ४,६१५ एमएम लम्बाई रहेको कम्पनीले जनाएको छ । विशेष अफरमार्फत बुटवलका ग्राहकलाई ईभीमा अपग्रेड हुन सक्ने कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र