नेभिगेशन
अर्थतन्त्र

पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रिफाइ न्यू इयर’ योजना

काठमाडौं – एमजी र आईएम मोटर्सको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्सले इलेक्ट्रिफाइ न्यू इयर २०२६ विशेष एक्सचेञ्ज योजना सार्वजनिक गरेको छ । नयाँ वर्ष २०२६ को अवसर पारेर ल्याइएको योजनामार्फत ग्राहकलाई इभी खरिदमा आकर्षक सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

सीमित अवधिको एक्सचेञ्ज अफरअन्तर्गत ग्राहकले आफ्नो पुरानो सवारी सट्टापट्टा गर्दा अधिकतम ४ लाख रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्नेछन् । साथै उत्कृष्ट मूल्यांकन, एक्सचेञ्ज बोनस, सहज फाइनान्स सुविधा, निःशुल्क एसेसरी तथा तत्काल डेलिभरीजस्ता थप सुविधा पनि उपलब्ध गराइने कम्पनीको विज्ञप्तिमा छ । यो अफर एमजी र आईएमका विद्युतीय मोडेलहरूमा लागू हुने जनाइएको छ । ग्राहकले देशभरका आधिकारिक एमजी शोरूममा गई यो सुविधा लिन सक्नेछन् । पारामाउन्ट मोटर्सले विद्युतीय सवारीलाई अझ सहज, पहुँचयोग्य र लोकप्रिय बनाउने उद्देश्यले यस्तो योजना ल्याइएको जनाएको छ । एक्सचेञ्ज योजना बिहीबारदेखी लागू भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र