नेभिगेशन
अर्थतन्त्र

इनड्राइभको सुरक्षित यात्रा अभियान

काठमाडौं – राइड सेयरिङ प्लेटफर्म इनड्राइभले यात्रु र चालकको सुरक्षालाई केन्द्रमा राख्दै सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईंकै रोजाइमा’ सुरु गरेको छ । सुरक्षित, सहज र जिम्मेवार यात्रा संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यसहित यो अभियान अघि बढाइएको हो ।

इनड्राइभ नेपालकी कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेलका अनुसार अभियानमार्फत भेरीफाइड ड्राइभर प्रोफाइल, रियल–टाइम राइड ट्र्याकिङ, इन–एप एसओएस सुविधा, लाइभ राइड शेयरिङ तथा दुई–तर्फी रेटिङ प्रणालीजस् ता प्रमुख सुरक्षा सुविधाबारे प्रयो गकर्तालाई सचेत गराइनेछ । यसले यात्राअघि, यात्राका क्रममा र यात्रापछि सुरक्षित निर्णय लिन सहयोग पुर्‍याउने उनको भनाइ छ । अभियानअन्तर्गत डिजिटल सचेतनामूलक सामग्री, अन–ग्राउण्ड एक्टिभेसन र शैक्षिक सत्र सञ्चालन गरिनेछ । विशेषगरी महिला, विद्यार्थी र दैनिक यात्रुलाई लक्षित गर्दै सुरक्षित र जिम्मेवार राइड–हेलिङ अभ्यासलाई प्रोत्साहित गर्नु अभियानको मुख्य लक्ष्य रहेको इनड्राइभले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र