नेभिगेशन
अर्थतन्त्र

युनिक प्लास्टिकको आइपीओ बिक्री प्रबन्धकमा नेपाल लाइफ

काठमाडौं – युनिक प्लास्टिक उद्योग लिमिटेडले ७ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । हेटौंडा–८ स्थित औद्यौगिक क्षेत्रमा रहेको कम्पनीले जारी पुँजीको २० प्रतिशत हुन आउने ७ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले शेयर बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा युनिक प्लास्टिकका अध्यक्ष हरिबहादुर बस्नेत र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र