नेभिगेशन
अर्थतन्त्र

रिलायन्सको आईपीओमा ३३ गुणा बढी आवेदन

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आईपीओमा माग भन्दा निकै बढी आवेदन परेको छ । कम्पनीले कुल ९ लाख २४ हजार ७६८ कित्ताको लागि माग गरेकोमा ३ करोड ५ लाख ४ हजार ८०० कित्ताका लागि आवेदन परेको छ । कुल २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँको आवेदन परेको हो । पुस ११ गतेसम्म माग भएजति आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिने भनिए पनि मागभन्दा बढी आवेदन परेपछि निष्काशन अवधि लम्ब्याइएन् ।

कम्पनीले पुस ७ गतेदेखि सर्वसधारणका लागि प्रतिकित्ता ८२० रुपैयाँ ५० पैसाका दरले शेयर निष्काशन गरेको थियो । बुक बिल्डिङ विधिमार्फत बिक्रीमा ल्याएको शेयर निष्काशन भएको एक घण्टा नपुग्दै माग भएभन्दा धेरै आवेदन परेको थियो । 

बुक बिल्डिङ निर्देशिका, बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिएर प्रतिशेयर ८२० रुपैयाँ ८० पैसा कायम भएको थियो ।

सर्वसाधारण सउमूहका लागि छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ता शेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । 

कम्पनीले जारी पुँजी एक अर्ब ९० लाख रुपैयाँको १०.१४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशनका लागि अनुमति पाएको थियो । 

रिलायन्स स्पिनिङ मिल्स २०५१ सालमा दताए भई २०५४देखि सञ्चालनमा आएको धागो उत्पादन गर्ने कम्पनी हो । कम्पनीसँग दुई वटा ठूला कारखाना छन् । सुनरीको खनार र दुहबीमा कारखाना रहेको कम्पनीका चार हजारभन्दा धेरैले काम गर्छन । यो कम्पनीमा उत्पादन भएको धागो विदेश निर्यात हुन्छ । कम्पनीले वार्षिक ५० मिलियन अमेरिकी डलरभन्दा बढीको धागो निर्यात गर्दै आएको छ । 

रिलायन्स स्पिनिङ मिल्सलाई केयर रेटिङ्स नेपालले सिंगल ए माइनस इस्युयर रेटिङ दिएको थियो । जसले कम्पनीसँग आफ्नो ऋण समयमै चुक्ता गर्ने क्षमता राम्रो रहेको संकेत गर्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र