नेभिगेशन
अर्थतन्त्र

केएल दुगर ग्रुपले बालबालिकालाई दियो उपहार

काठमाडौं – केएल दुगर ग्रुपले गोकर्णेश्वरस्थित सुनौलो पाइला अनाथालयका बालबालिकाहरुलाई क्रिसमस उपहार प्रदान गरेको छ । यस्तै, ग्रुपले अनाथालयलाई एक हजार लिटरको पानी ट्यांकी उपलब्ध गराएको छ । 

ग्रुपले कक्षा १ देखि ८ सम्म अध्यनरत ९ जना बालबालिकालाई उपहार हस्तातरण गरेको हो । ग्रुपकी कार्यकारी निर्देशक सृष्टि दुगरले बालबालिकाको अनुहारमा मुस्कान भर्न सहयोग गरेको बताइन् । उनले भनिन ‘बालबालिकाको जीवनमा साना क्षणहरुले पनि ठूलो फरक पार्न सक्दछ । बालबालिकाको अनुहारमा देखिएको मुस्कान र खुशीले हामीलाई आफ्नो कर्तव्यको महत्व अझै बुझाएको छ ।’

उपहार वितरण बाहेक, कम्पनीका प्रतिनिधिहरूले बालबालिकासँग खाना खाँदै रमाइलो कुराकानी र विभिन्न गतिविधि गरेका थिए ।

उपहार वितरण सानो पहल भए पनि, यसले आवश्यक परेकाहरूको साथमा उभिने र दीर्घकालीन सोच झल्काउने ग्रुपले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र