नेभिगेशन
अर्थतन्त्र

नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिकामा छुट

काठमाडौं – नागरिक लगानी कोषका सहभागी, शेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पतालमा छुट उपलब्ध हुने भएको छ । चितवनको भरतपुरस्थित अस्पतालले सबै सेवामा २० प्रतिशत छुट दिने सझदारी गरेको कोषले जनाएको छ । 

सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले हस्ताक्षर गरेका छन् । 

सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, शेयरधनी र कर्मचारीले उक्त छुट पाउनेछन् । छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्