नेभिगेशन
राजनीति

परराष्ट्रमा बालानन्द शर्मा

काठमाडौँ – सुशीला कार्कीको सरकारले नयाँ परराष्ट्रमन्त्री पाएको छ । बालानन्द शर्माले परराष्ट्र मन्त्रालयको कार्यभार शुक्रबारबाट सम्हालेका छन् । उनले पदस्थापनका अवसरमा चुनावसम्बन्धी विषयमा छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य गर्ने बताएका छन् ।

मन्त्रालयमा शुक्रबार पदबहालीका क्रममा उनले कुनै किसिमको सहकार्य गर्नुपर्ने लाग्यो भने त्यसलाई सही तरिकाले उठाउने काम आफ्नो हुने उल्लेख गरे । मन्त्री शर्माले भने, ‘दुई छिमेकी र अन्य मित्र राष्ट्रहरू नवोदित राष्ट्रहरू हुन् । उहाँहरूको अनुभव ज्ञान हामीहरूले लिनुपर्छ । सहकार्य गर्दै अगाडि बढ्ने वातावरण सिर्जना गर्न सकिन्छ भन्ने मलाई आशा छ ।’

नवनियुक्त परराष्ट्रमन्त्री शर्माले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेपछि १५ सदस्यीय सरकार भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्