नेभिगेशन
अर्थतन्त्र

ओमोडा र जेकोको ब्रान्ड एम्बेसडर बने पौडेल

काठमाडौं – नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्राण्ड एम्बेसडर घोषणा गरेको छ ।

पौडेलको कप्तानीमा हालै लुम्बिनी लायन्सले एनपीएल सिजन–२ को उपाधि जितेको थियो । यो उपलब्धिको सम्मान गर्दै एसपीजी अटोमोबाइल्सले पौडेललाई जे फाइभ ईभी गाडी प्रदान गरेको छ ।

गाडी उपहार दिएलगत्तै त्यसमा लाग्ने कर पनि कम्पनीले नै तिरिदिने भएको छ । कम्पनीले यसअघिका ब्राण्ड एम्बासडर दीपेन्द्र सिंह ऐरीलाई पनि सम्मान गरेको छ ।

कम्पनीले उच्च गुणस्तर र दिगो गाडीहरुमार्फत नेपालको हरित उर्जा रुपान्तरणमा सहयोग पुर्‍याउनुका साथै राष्ट्रको खेलकुद क्षेत्रको विकासमा सक्रिय सहयोग गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्