काठमाडौं – यामाहाको टाइटल प्रायोजनमा आयोजना गरिएको नेपाल रोड रेसिङ च्याम्पियनसिप फाइनल राउण्ड धुलिखेल रेस ट्रयाकमा सम्पन्न भएको छ । पुस ५ गते सम्पन्न फाइनल राउण्डसँगै यस वर्षको रेसिङ सिजन औपचारिक रूपमा समापन भएको यामाहाले जनाएको छ ।
फाइनल राउण्डमा उत्कृष्ट मोटरसाइकल राइडरहरूको सहभागिता थियो भने ठूलो संख्यामा रेसिङप्रेमी, मोटरस्पोर्ट समर्थक तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति देखिएको थियो । प्रतिस्पर्धात्मक र रोमाञ्चक रेसहरूले दर्शकहरूलाई उत्साहित बनाएको आयोजकले जनाएको छ ।
रेसिङलाई आफ्नो डीएनएको केन्द्रमा राख्दै आएको यामाहाले नेपालमा मोटरस्पोर्ट प्रवद्र्धनका लागि लामो समयदेखि योगदान गर्दै आएको छ । संगठित रेसिङ इभेन्ट, राइडर तालिम कार्यक्रम तथा एनआरआरसी जस्ता राष्ट्रियस्तरका प्रतियोगितामार्फत यामाहाले स्थानीय राइडर प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
एनआरआरी २०२५ मा नेशनल, नोभिस र वुमेन गरी तीन श्रेणीमा प्रतिस्पर्धा आयोजना गरिएको थियो । निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्न सबै राइडरहरूले यामाहा आर १५ मोटरसाइकल प्रयोग गरेका थिए । वान–मेक रेसिङ फर्म्याटमार्फत मेसिनभन्दा राइडरको सीप, रणनीति र अनुभवलाई प्राथमिकता दिइएको थियो ।
नेशनल श्रेणीमा अनुभवी राइडर श्रीहरि पौडेलले उपाधि जित्दै आफ्नो वर्चस्व कायम राख्न सफल भए । स्थिर प्रदर्शन र उत्कृष्ट रेस रणनीतिका कारण उनले पुनः राष्ट्रिय च्याम्पियनको रूपमा आफूलाई स्थापित गरे । नोभिस श्रेणीमा अभि रिसालले उपाधि जित्दै उदीयमान प्रतिभाको रूपमा आफ्नो पहिचान बनाएका छन् । वुमेन श्रेणीमा वर्षा बस्नेतले जित हात पार्दै मोटरस्पोर्टमा महिलाहरूको बढ्दो सहभागिता र आत्मविश्वासलाई उजागर गरे ।
विजेताहरूले आगामी दिनमा अन्तर्राष्ट्रिय रेसिङ प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछन् । यसले नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय अनुभव प्राप्त गर्नुका साथै विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
राष्ट्रियस्तरका च्याम्पियनसिपमार्फत यामाहाले नेपालमा सुरक्षित, प्रतिस्पर्धात्मक र सीप–केन्द्रित रेसिङ संस्कृतिको विकास गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार स्थानीय प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने दीर्घकालीन लक्ष्यसहित मोटरस्पोर्ट इकोसिस्टम निर्माणमा आफ्नो प्रतिबद्धता निरन्तर रहनेछ ।