नेभिगेशन
खेलकुद

चमनपुरले जित्यो चन्द्रपुर क्रिकेट उपाधि

रौतहट – चन्द्रपुर क्रिकेट लिगको उपाधि चमनपुर सुपर किंग्सले जितेको छ । चन्द्रपुर युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको आइतबार सम्पन्न फाइनलमा चमनपुरले देवीपुर रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो ।

चन्द्रपुर–८ कोटीहोम मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको देवीपुर रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११२ रन जोडेको थियो । देवीपुरका साहिल पटेलले सर्वाधिक ३९ रन बनाए । ११३ रनको लक्ष्य पछ्याएको चमनपुरले १४.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य प्राप्ति गरेको थियो । विजेता चमनपुरले नगद पाँच लाख र उपविजेताले देवीपुरले दुई लाख नगद पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक देवराज कार्कीले बताए । यस प्रतियोगिताले स्थानीय स्तरमा खेल्ने खेलाडीहरूलाई उनीहरूको क्षमता अभिवृद्धिमा निकै महत्वपूर्ण भूमिका खेलेको कार्कीको भनाइ छ । प्रतियोगितामा म्यान अब द सिरिज समनपुर बोल्टस्‌का सुमित श्रेष्ठ घोषित भए । पुस ३ देखि सुरु भएको लिगमा रौतहट जिल्लाका ८ वटा टिमको सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्