नेभिगेशन
प्रदेश

जिल्ला न्यायाधीशलाई २० जना सिफारिस

काठमाडौं – विराटनगरको जतुवा एक युवकले जिल्ला न्यायाधीशको खुलातर्फको परीक्षामा पहिलो नम्बरमा नाम निकालेका छन् । न्याय सेवा आयोगले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि २० जनाको नाम सिफारिस गर्दा विराटनगर–१८ का शिशिरकुमार यादव पहिलो नम्बरमा छन् ।

२१ जना माग भएकामा न्यायाधीश नियुक्तिका लागि आयोगले सोमबार २० जनाको नाम न्याय परिषद्समक्ष सिफारिस गरेको हो । न्यायाधीश सिफारिसको खुलातर्फ ६ जनाको मात्रै कोटा थियो, जसमा पहिलो नम्बरमा परेका यादव मधेशी कोटामा परीक्षामा सहभागी भएका थिए । आयोगले उनलाई खुलातर्फ सिफरिस गरेको हो । खुलामा यादवपछि पोखरा–१९ का शिवप्रसाद आचार्य, गुल्मीको मदाने–२ का हिरालाल भुसाल, खोटाङको दिक्तेल–२ का डिल्लीप्रसाद आचार्य, गुल्मी मदाने–४ का बाबुराम भट्टराई र कञ्चनपुरको भीमदत्त–१८ का गोकुल पन्त सिफरिसमा परेका छन् ।

खुलाबाट महिलामा झापाको शिवसताक्षी–८ की खेमकुमारी बस्नेत, अदिवासीमा उदयपुरको त्रियुगा–२ का कर्णयबहादुर राई र ललितपुर–२१ की हिरामाया अवाल परेका छन् । आयोगकी प्रवक्ता रामप्यारी सुनुवारका अनुसार जिल्ला न्यायाधीशमा आन्तरिक खुलाबाट ११, खुलाबाट ६, महिला १ र आदिवासी जनजाति २ जना छानिएका छन् । लिखित परीक्षा उत्तीर्ण गरेर अन्तर्वार्ताका लागि २७ जना छनोट भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्