नेभिगेशन
खेलकुद

एनपीएल दोस्रो संस्करण मंसीरमा हुने

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति तय भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारी अनुसार यो प्रतियोगिता मंसिर १ गते (नोभेम्बर १७) देखि सुरु भएर मंसिर २७ गते (डिसेम्बर १५) मा सम्पन्न हुनेछ ।

प्रतियोगिता काठमाण्डौमा आयोजना हुने क्यानको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  यसअघि दोस्रो संस्करणका लागि मिनी अक्सन सम्पन्न भइसकेको छ भने टिमहरूले विदेशी खेलाडी अनुबन्ध गर्ने तयारीलाई तीव्र बनाइरहेका छन् । 

पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

press-release-1755777151.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्