नेभिगेशन
अर्थतन्त्र

युरोपबाट ‘स्मार्ट पे’ प्रयोग गरी रमिट्यान्स पठाउन सकिने

काठमाडौं । माछापुच्छ्रे बैंकले युरोपबाट नेपालमा रेमिट्यान्स भित्र्याउन सहज बनाउने उद्देश्यले साइप्रस स्थित ‘स्मार्ट पे’सँग सहकार्य गरेको छ । बैंकले नेपालमा भित्रिने रेमिट्यान्सलाई सहज, सरल र विश्वासिलो बनाउने उद्देश्यले सम्झौता गरिएको जनाएको छ ।

सम्झौतापत्रमा ‘स्मार्ट पे’का मुख्य सञ्चालन अधिकारी स्टेफनी इसाबेल हेराक्लिओस र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका छन् । रोजगारीका लागि साइप्रस, ग्रीस, पोर्चुगल लगायत युरोपेली देशमा पुगेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ ‘स्मार्ट पे’सँग सहकार्य गरिएको बैंकले स्पष्ट पारेको छ ।

साइप्रस, ग्रीस, पोर्चुगल र अन्य युरोपेली देशमा रहेका नेपालीहरूले अब ‘स्मार्ट पे’को सबै प्रतिनिधी कार्यलयहरू, मोबाइल एप, अनलाइन सेवामार्फत एमबिएल रेमिट गरी आफ्ना आफ्न्तलाई सजिलैसँग माछापुच्छ्रे« बैंकका १६५ वटा शाखा, शाखारहित बैकिङ, ११ एक्सटेन्सन काउण्टर र २० हजारभन्दा बढि रेमिट्यान्स एजेन्टमार्फत रकम पठाउन सक्नेछन् । साथै, स्मार्ट पे र एमबिएल रेमिट गरी पठाएको रेमिट्यान्स जुनसुकै बैंकको खातामा तुरुन्त जम्मा गर्न पनि सक्नेछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र