नेभिगेशन
अर्थतन्त्र

कृषि औजार वितरण

पोखरा – आफ्ना सदस्य किसानलाई खेतीपातीमा सघाउन पोखरा–२६ को जनप्रिय सहकारी संस्थाले सोमबार कृषि औजार वितरण गरेको छ । ५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा औजार वितरण गरेको हो । वितरित कृषि औजारमा कृषि विकास कार्यालय विरौटाबाट ५० प्रतिशत अनुदानमा प्राप्त हाते ट्रयाक्टर, आलु रोप्ने फाली छ ।

यस्तै संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कोदाली, चाँदे कोदाली, बाउसो, स्प्रे, करौते, हसियाँ र हजारी लगायतका औजार ५० प्रतिशत अनुदानमा बाँडेको हो ।

वितरण कार्यक्रममा कृषि विकास कार्यालय बगबानीका अधिकृत विकास विकले सहकारीले किसान सदस्यका लागि यस्ता उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए । सहकारीले कृषिमा सघाउने नीति लिँदा सरकारी कार्यक्रमा आउने सुविधा दिन पनि सहज हसने उनको भनाइ थियो । संस्थाका अध्यक्ष रवीन्द्रमोहन अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा अनुदान प्राप्त गर्ने सदस्यहरूका तर्फबाट राधिका शर्माले आफ्नो भनाइ रोखकी थिइन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र