नेभिगेशन
अर्थतन्त्र

ड्रीम स्किनको नयाँ शाखा दरबारमार्गमा

काठमाडाैं – ड्रीम स्किन नेपालले काठमाडौंको दरबारमार्गमा नयाँ स्टोर सञ्चालनमा लयाएको छ । कम्पनीले सोमबार औपचारिक कार्यक्रम गरी दरबारमार्गमा नयाँ स्टोरको शुभारम्भ गरेको हो ।

स्टोरको नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई–यंगले औपचारिक उद्घाटन गरे । सोमबार देखि नै सञ्चालनमा आएको यो स्टोरले कोरियाली र जापानी स्किनकेयर, मेकअप तथा अत्तर लगायत कस्मेटिक वस्तुहरू बिक्रीका लागि राखेको छ ।

स्टोरमा गुणस्तर, मौलिकता र प्रमाणित परिणामलाई ध्यानमा राखी १०० भन्दा बढी कोरियाली स्किनकेयर उत्पादनहरू उपलब्ध हुने ड्रीम स्किन नेपालले जनाएको छ । नयाँ शाखा विस्तारको अवसरमा डिसेम्बर २९ देखि जनवरी ३ सम्म विशेष छुट दिइएको छ । जस अन्तर्गत ग्राहकहरूका लागि सामान खरिदमा ७० प्रतिशतसम्म र हरेक स्टोरमा २० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यस्तै, १ लाख ३६ हजार रुपैयाँ बराबरको खरिदमा मेगा गिभवे समेत दिइने कम्पनीले जनाएको छ । जसमा, किनमेल गर्ने ग्राहकहरूमध्येबाट तीन जनालाई विजेता छनोट गरिनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र