नेभिगेशन
राजनीति

लोकतान्त्रिक शत्तिले नै देशको नेतृत्व गर्ने हो : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन् । ‘नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक मंगलबार मदन– आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित विचारगोष्ठीमा पूर्वप्रधानमन्त्री ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पदका सहमति गरेर भन्ने खबर आफूले सुनेको उल्लेख गर्दै एमाले–कांग्रेस बाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरे ।

‘जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन,’ उनले भने । उनले मोर्चाबन्दीले एमालेलाई कुनै फरक नपर्ने टिप्पणी गर्दै ठूला र पुराना लोकतान्त्रिक शत्तिले नै देशको नेतृत्व गर्ने विश्वास व्यक्त गरे । संसद् पुनःस्थापना आफूहरूको प्राथमिकता रहेको स्पष्ट पार्दै उनले पछिल्लो राजनीतिक निकासको सोही बाटो अपनाउनुपर्नेमा जोड दिए । पार्टीका उपाध्यक्ष रामबहादुर थापाले लोकतन्त्र र मुलुकको रक्षाका लागि वामपन्थी र लोकतन्त्रवादीहरू मिलेर जानुपर्ने बताए । कांग्रेस नेता मीन विश्वकर्माले भदौ २३ र २४ को घटनापछि पुराना र ठूला दलका नेतालाई छानी छानी आक्रमण गर्ने प्रवृत्ति गलत भएको बताए । प्रतिष्ठानका अध्यक्ष एवं एमालेका नेता प्रदीपकुमार ज्ञवालीले लोकतन्त्र र मुलुकको रक्षाका लागि पुराना दलहरूको सक्रियताको विकल्प नरहेको बताए । एमाले केन्द्रीय सदस्य एवं काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डंगोलले एमालेको महाधिवेशनमा नयाँ र पुराना पुस्ताका नेता कार्यकर्ताबीच अनुभव आदान प्रदान भई अहिलेको परिस्थितिमा ऊर्जा उत्पन्न भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्