नेभिगेशन
अर्थतन्त्र

पहिरो प्रभावितलाई सानिमा रिलायन्सको सहयोग

इलाम – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले इलाम नगरपालिकाका पहिरो प्रभावितलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । सो रकम इन्स्योरेन्सका प्रदेश प्रमुख कर्मराज पौडेलले नगरपालिकाका मेयर केदार थापालाई हस्तान्तरण गरेका छन् ।

कम्पनीले भविष्यमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा निरन्तर सत्रिय भूमिका निर्वाह गर्ने र सामाजिक हितलाईसमेत समानरूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता नुतनदेव दुलाल, सानिमा रिलायन्स लाइफ इलाम शाखा प्रबन्धक मदन घिमिरे, एजेन्सी मेनेजर प्रकाश भट्टराई, डिकेन्द्र दाहाल, खेमराज ढकाल, खिनमाया बस्नेत, सितामाया थेगिम तथा रोशन कर्माचार्यलगायतको उपस्थिति थियो । इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र