नेभिगेशन
अर्थतन्त्र

नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी हुँदै

काठमाडौं – कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रवर्धन गर्ने उद्देश्यले यस वर्ष पनि कृषिसम्बन्धी बृहत अर्न्तराष्ट्रिय प्रर्दशनी ‘नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो’ आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्सले माघ २ देखि ४ गतेसम्म भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो आयोजना गर्न लागेका हुन् ।

प्रर्दशनीमा नेपाल, भारत, चीनलगायतका विभिन्न देशका कृषिसम्बन्धी कम्पनीहरूका १०० भन्दा बढी स्टलहरू रहने छन् । प्रर्दशनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, कीटनाशक, मल, बिउबिजन, कृषि तालिम, र वित्तीय सुविधाहरूका बारेमा जानकारी प्राप्त गर्न सकिनेछ ।

प्रर्दशनीमा देश तथा विदेशबाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिलगायत आम कृषकहरूले प्रर्दशनीमा आधुनिक प्रविधिहरूको अनुशरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने कुरामा विश्वास लिइएको छ । यस अन्तराष्ट्रिय प्रदर्शनिको लागि सीमित स्टलहरू बाँकी रहेको र स्टल बुकिङ तीव्र गतिमा भइरहेको पनि आयोजकले जानकारी दिएको छ ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना औजारदेखि लिएर डेरी मेशिनरी तथा पशुपन्छीपालन उद्योगमा प्रयोग हुने ठूला– ठूला उपकरणहरूको प्रदर्शनीलगायत डेमो पनि गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्‍याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजकको दाबी छ । प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगबाट कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रदर्शनीमा प्रवर्धकको भूमिकामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ । यस्तै, सहयोगी संस्थाको भूमिकामा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ, राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, र चितवन उद्योग संघ रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र