नेभिगेशन
अर्थतन्त्र

हुन्डाई मोटर ५८औं वर्षमा

काठमाडौं – हुन्डाई मोटर कम्पनीले आफ् नो ५७औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत गतिशीलताको भविष्य निर्माण गर्दै आएको ५७ वर्षको यात्रा पूरा गरी ५८औं वर्षमा प्रवेश गरेको छ ।

सन् १९६७ मा स्थापना भएको हुन्डाई हाल २०० भन्दा बढी देशमा सञ्चालनमा रहेको एक विश्वव्यापी अटोमोबाइल ब्राण्ड हो । नेपालमा यसको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि २००९ फेब्रुअरीदेखि सञ्चालनमा छ । कम्पनीले देशभर सवारीसाधनको आयात, बिक्री तथा सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

हाल ४५ हजार ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै, हुन्डाई नेपालले ‘हुन्डाई परिवार’ कार्यक्रम सुरु गरेको छ, जसको उद्देश्य ग्राहकहरूको जीवनको अभिन्न हिस्सा बन्नु रहेको कम्पनीले जनाएको छ । विभिन्न क्षेत्रका अग्रणी ब्राण्डहरूसँगको सहकार्यमार्फत यस कार्यक्रमले हुन्डाई ग्राहकहरूलाई विशेष लाभ, थप सेवाहरू तथा प्रिमियम अनुभवहरू प्रदान गर्दै आएको छ ।

नेपालप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धता देखाउँदै हुन्डाईले २०२४ मे मा सवारीसाधन एसेम्ब्ली प्लान्ट स्थापना गरेको छ, जसले स्थानीय उत्पादन, रोजगारी सिर्जना र नेपालको अटोमोबाइल इकोसिस्टमको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

कम्पनीले प्रोग्रेस फर ह्युम्यानिटी दृष्टिकोणअनुसार स्मार्ट, सुरक्षित र दिगो मोबिलिटी समाधानमार्फत ग्राहकहरूको अनुभवलाई अझ समृद्ध बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र