काठमाडौं – अनलाइन किनमेल गन्तव्य दराज नेपालले अंग्रेजी नयाँ वर्षलाई विशेष बनाउने सोचसहित दराज १.१, द नं १ सेल सार्वजनिक गरेको छ । वर्षको सुरुवात उत्साहजनक अफरहरूसँगै गर्न चाहने ग्राहकका लागि यो सेल पुस १६ देखि २१ गतेसम्म सञ्चालन हुने दराजले जनाएको छ ।
१.१ सेल अवधिभर ग्राहकहरूले विभिन्न श्रेणीका उत्पादनहरूमा ७० प्रतिशतसम्मको फ्ल्यास सेल, ६० प्रतिशतसम्मको मेगा डिल र निःशुल्क डेलिभरीको सुविधा पाउनेछन् ।
यस्तै विशेष साझेदार अफरहरू पनि समावेश छन् । गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फबाट ६० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ । यसमा एडिदास र रिबकलगायत लोकप्रिय अन्तर्राष्ट्रिय ब्राण्डहरू समेटिएका छन् । त्यसैगरी, सिल्भर पार्टनर नाइकका तर्फबाट ५० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ । यसले प्रिमियम ब्राण्डहरूलाई अझ किफायती बनाउने दराजको विश्वास छ ।
अफरको प्रमुख आकर्षणका रूपमा क्रेजी फ्ल्याश सेल पनि रहने छ । पुस १६ गते राति ८ बजेदेखि उपलब्ध गरिने यी डिलहरू सिमित समय र सिमित स्टकमा उपलब्ध हुनेछन् । साथै, अभियान अवधिभर दैनिक फ्ल्याश सेलमार्फत सामान्य समयभन्दा कम मूल्यमा अफरहरू पनि उपलब्ध हुनेछन् । यसले ग्राहकहरूलाई प्रत्येक दिन नयाँ छुटसहितका आकर्षक अफरको अनुभव प्रदान गर्नेछ ।
ग्राहकलाई अझ विश्वासका साथ किनमेल गर्न मद्दत पुर्याउने सोचका साथ, ‘बेष्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा विगतमा झैं यसपटक पनि दराजको २ गुणा मूल्य अन्तर फिर्ता ग्यारेन्टी लागू हुनेछ । यसअन्तर्गत, यदि नेपालभित्र कुनै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा उपलब्ध भएमा, र योग्यता शर्तहरूसमेत पूरा भएमा दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ ।
ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो र वेयरेबल्स, फर्निचर, होम डेकोरलगायत विभिन्न श्रेणीमा आकर्षक अफरहरू अन्वेषण गर्न सक्नेछन् ।