नेभिगेशन
अर्थतन्त्र

पूर्वी नेपालमा कजारिया

सप्तरी – प्रिमियम तथा विश्वसनीय टायल ब्राण्ड कजारियाले सप्तरी जिल्लाको भार्दहमा अत्याधुनिक शोरूम सञ्चालनमा ल्याएको छ । पुस १४ गते सोमबार उद्घाटन गरिएको ऊक्त शोरूम त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सले सञ्चालन गरेको हो । शोरूमले सो क्षेत्रका ग्राहकहरूलाई उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई सम्बोधन गर्दै परिष्कृत, अन्तरक्रियात्मक तथा विश्वस्तरीय खरिद अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ । त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइडर सर्वेश नायक, कजारियाका एरिया सेल्स प्रतिनिधि, विशिष्ट अतिथिहरू, व्यावसायिक साझेदारहरू तथा स्थानीय शुभेच्छुकको उल्लेखनीय उपस्थितिमा शोरूम उद्घाटन भएको हो ।

त्रिशक्तिका प्रोप्राइडर नायकले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गरेका हुन् । त्रिशक्ति ट्रेडर्स एण्ड सप्लायर्सका प्रतिनिधिले भने, ‘गुणस्तर र नवीन डिजाइनका लागि परिचित कजारिया जस्तो प्रतिष्ठित ब्राण्डसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । यस शोरूममार्फत भार्दह तथा आसपासका क्षेत्रका ग्राहकहरूले सजिलै प्रिमियम टायलहरू प्राप्त गर्न सक्नुहुनेछ, जसले सुन्दर र दिगो संरचना निर्माणमा सहयोग पुर्‍याउनेछ ।’

सप्तरीको भार्दहमा सुविधाजनक स्थानमा अवस्थित नयाँ शोरूममा कजारियाका प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदर्शित गरिएको छ । जुन आवासीय तथा व्यावसायिक दुवै प्रकारका आन्तरिक आवश्यकतालाई ध्यानमा राखी चयन गरिएको हो । शोरूमले ग्राहकहरूलाई केवल उत्पादन मात्र नभई सम्पूर्ण डिजाइन तथा छनोटको उत्कृष्ट अनुभव प्रदान गर्ने कजारियाको प्रतिबद्धता झल्काउँछ । कजारिया रमेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टायल उत्पादन कारखाना स्थापना गर्दै नेपाली टायल उद्योगमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । अत्याधुनिक प्रविधियुक्त यस उत्पादन केन्द्रले अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्दछ । ३ हजारभन्दा बढी डिजाइन विकल्पहरू सहित कजारियाले सौन्दर्य, मजबुती र दिगो प्रदर्शनलाई समेट्ने टायलमार्फत आन्तरिक सजावटलाई नयाँ आयाम दिँदै आएको छ । हाल नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी अधिकृत डिलरहरूमार्फत सञ्चालन भइरहेको कजारिया नेपाली घर–घरमा विश्वासको नाम बनेको छ ।

भार्दह, सप्तरीमा नयाँ शोरूमको उद्घाटनसँगै कजारियाले नेपालका प्रत्येक क्षेत्रमा विश्वस्तरीय र प्रिमियम टायल सहजरूपमा उपलब्ध गराउने आफ्नो लक्ष्यतर्फ अर्को महत्त्वपूर्ण कदम अघि बढाएको छ, जसले नेपाली टायल उद्योगमा यसको अग्रणी स्थानलाई अझ सुदृढ बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र