नेभिगेशन
अर्थतन्त्र

नेपाल लाइफको म्युचुअल फण्डलाई सेबोनको स्वीकृति

काठमाडौं – कोष प्रवर्द्धक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल लिमिटेड रहेको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ सामूहिक लगानी कोषले आफ्ना इकाइहरू बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । यो म्युचुअल फण्ड प्रति इकाइ १० रुपैयाँको दरमा १६ करोड इकाइले हुन आउने कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरको फण्ड जारी गर्न बोर्डले अनुमति दिएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटे डको यो पहिलो बन्दमुखी योजना हो र यसको अवधि १० वर्षको रहेको छ । निष्काशन हुन लागेको नेपाल लाइफ समृद्धि लगानी योजनाको ईक्रा नेपालबाट कोष प्रबद्र्घको लागि रेटिङ आईसीआर एएनपी एए माइनस प्राप्त गरेको छ । जसले वित्तीय दायित्व समयमा बहन गर्ने सम्बन्धमा उच्च स्तरको सुरक्षा रहेको संकेत गर्छ ।

फण्ड बिक्रीबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरूमा निष्काशन पश्चात् लगानी गर्ने कम्पनीले उल्लेख गरेको छ । योजना व्यवस्थापकद्वारा सम्पूर्ण प्रक्रियाहरू सम्पन्न गरी चाँडै नै सर्वसाधारणहरूको लागि इकाईहरू बिक्रीमा ल्याउने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र