नेभिगेशन
प्रदेश
पोखरा सडक महोत्सव

डुंगा रेसमा खसी, बोका र भाले पुरस्कार

पोखरा – अंग्रेजी नयाँ वर्षका अवसरमा पर्यटक रिझाउन पोखरामा जारी २७औं पोखरा सडक महोत्सवअन्तर्गत मंगलबार डुंगा दौड गरिएको छ । रेवान पोखराको आयोजित महोत्सवअन्तर्गतको उक्त प्रतिस्पर्धामा विजेताले पुरस्कारमा खसी, बोका र भाले जितेका छन् ।

खुला र संस्थागत गरी दुई इभेन्टमा प्रतिस्पर्धामा खुलातर्फ हेमन्त राई, विवश भण्डारी र अनिश परियारको टोली पहिलो भएको छ । सन्जेस कसजु, राज तामाङ र राजकुमार तामाङको टोली दोस्रो र कुमार जलारी, गणेश जलारी र कृष्ण जलारीको टोली तेस्रो भएको छ ।

संस्थागततर्फ रुद्र भुजेल, धनबहादुर परियार र विपिन गुरुङ सम्मिलित फेवा डुंगा व्यवसायी संगठनको टोली पहिलो भएको छ । कृष्ण आचार्य, हरि भुजेल र तीर्थराज सुवेदीको टान गण्डकी दोस्रो र विकास कँडेल, रविप्रसाद आचार्य र श्याम लामिछानेको पर्यटन यातायात व्यवसायी संघको टोली तेस्रो भएको छ ।

पहिलो हुने टोलीले खसी, दोस्रोले बोका र तेस्रोले भाले पुरस्कार प्राप्त गरेका छन् । महिला सम्मिलित टेवानको टोलीलाई विशेष पुरस्कारका रुपमा टोकला चियाको तर्फबाट नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्