नेभिगेशन
प्रदेश

ऐतिहासिक श्री महलको पुनर्निर्माण सुरु

ललितपुर । पुल्चोकस्थित श्री महलको पुनर्निर्माण सुरु भएको छ । विसं २०७२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त सो महल लामो समयदेखि जीर्ण अवस्थामा थियो । श्री महलको पुरानो मौलिक शैली र स्वरूपमा पुनर्निर्माण गर्ने उद्देश्यसहित सहरी विकास तथा भवन निर्माण विभागले गत भदौ १८ गते निर्माण सम्झौता गरी काम अगाडि बढाएको हो । सम्झौताअनुसार आयोजनाको कुल लागत ७२ करोड ९७ लाख रुपैयाँ रहेको छ भने निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्नुपर्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्