नेभिगेशन
प्रदेश

नक्कली प्रहरी पक्राउ

काठमाडौं । आफूलाई लागूऔषध नियन्त्रण ब्युरोका प्रहरी बताएर ठगीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । औषधि पसलहरूमा गई ’हामी लागूऔषध ब्यूरोबाट खटिएका प्रहरी हौं’ भन्दै खानतलासी गर्ने, पसलेलाई ‘तपाईंले लागूऔषध, अवैध औषधिहरू बेच्नुभएको छ, हामी तपाइलाई नियन्त्रणमा लिन्छौं’ भन्दै डरत्रास देखाई ठगी गरिरहेको अवस्थामा पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ ।

काठमाडौंको गोकर्णेश्वर–६ स्थित एक मेडिकलबाट पक्राउ पर्नेमा सिन्धुपाल्चोकको नमोबुद्ध–५ का ३७ वर्षीय आकाश भनिने नानीबाबु लामा र दोलखा मेलुङ–६ का ३४ वर्षीय प्रकाश तामाङ छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेका उनीहरूविरुद्ध कारबाही अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट ६ को हिरासत म्याद लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्