नेभिगेशन
अर्थतन्त्र

हिमालय रोडिजका विजेतालाई यामाहा मोटरसाइकल

काठमाडौ – साहसिक रियालिटी शो हिमालय रोडिजको सातौँ सिजनका विजेतालाई टाइटल स्पोन्सर यामाहा नेपालले मोटरसाइकल पुरस्कार प्रदान गरेको छ । सोमबार सम्पन्न ग्रान्ड फिनालेपछि मंगलबार हिमालय रोडिज सिजन ७का विजेता झापाका २६ वर्षीय अनिश तामाङलाई कम्पनीले यामाहा एफजेड भीथ्री प्रदान गरेको हो । नेपाली सेनामा कार्यरत तामाङले सिजनभर देखाएको शारीरिक क्षमता, मानसिक दृढता, अनुशासन र साहसका कारण निर्णायक, ग्याङ लिडर तथा दर्शकको मन जित्न सफल भएका हुन् । उनको प्रदर्शनले शोको मूल भावना र साहसिक चरित्रलाई स्पष्ट रूपमा प्रतिनिधित्व गरेको आयोजकले जनाएको छ ।

यामाहा नेपालका प्रमुख कार्यकारी निर्दे शक दीपक कुमार अग्रवालले मोटरसाइकल हस्तान्तरण गर्दै  युवामुखी मोबिलिटी, प्रदर्शन र विश्वसनीयताप्रति यामाहाको प्रतिबद्धता जनाए । साथै, कार्यक्रमको प्रसारक हिमालय टेलिभिजनले विजेतालाई १० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ ।

२०२५ सेप्तेम्बर १ देखि प्रसारण सुरु भएको रोडिजमा यामाहा नेपालले टाइटल स्पोन्सरका रुपमा युवाको सहभागिता र सशक्तिकरणलाई समर्थन गरेको जनाएको छ । यामाहले आफ्नो सहभागिता ब्रान्डिङमा सीमित नरही, युवालाई साहसी यात्रातर्फ प्रेरित गर्ने  र साहसिक भावनाले उत्सव मनाउने उद्देश्यमा केन्द्रित रहेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र