नेभिगेशन
अर्थतन्त्र

युवाका लागि इन्टरनेट गभर्नेन्स

काठमाडौं – कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२५ सम्पन्न भएको छ । पुष १२ र १३ गते काठमाडौंमा आयोजित यो दुईदिने क्षमता विकास कार्यशालामा स्नातक तथा स्नातकोत्तर विद्यार्थी र युवा पेशेवरहरूलाई इन्टरनेट गभर्नेन्स, आईक्यान नीति तथा बहु–साझेदारी मोडेलबारे जानकारी प्रदान गरिएको थियो ।

आईक्यान र कोरिया इन्टरनेट एण्ड सेक्युरिटी एजेन्सीद्वारा सञ्चालित विश्वव्यापी एपिगा कार्यक्रमको स्थानीय संस्करणका रूपमा नेपालमा दोस्रो पटक यो कार्यक्रम आयोजना गरिएको हो । कार्यशालामा सेमिनार, राउन्ड टेबल छलफल, सिमुलेसन गेम, तथा मक आईक्यान कन्फ्रेन्सजस्ता अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएको थियो ।

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारी, उपाध्यक्ष तथा आईएसप्यानका प्रमुख कार्यकारी अधिकृत सुभाष खड्का, महासचिव चन्द्र विलास भुर्तेल, कोषाध्यक्ष विक्रम सिंह तथा आईक्यान प्रतिनिधि यश अग्रवालको सहभागिता रहेको थियो। कार्यक्रममा आईक्यानको भूमिका, संगठनात्मक संरचना र नीतिनिर्माण प्रक्रियाबारे विस् तृत चर्चा गरिएको थियो । कार्यशालामा सहभागीहरूले क्षेत्रीय तथा विश्वव्यापी इन्टरनेट गभर्नेन्स फोरम, डीएनएस सञ्चालन, नेतृत्व विकासबारे जानकारी लिएका छन् ।

एपिगा नेपालले इन्टरनेट नीतिनिर्माणमा युवाको अर्थपूर्ण सहभागिता बढाउने, बहुपक्षीय संवाद प्रवर्द्धन गर्ने र खुला तथा समावेशी इन्टरनेटका लागि दक्ष युवापेशेवरको सञ्जाल विस्तार गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र