नेभिगेशन
प्रदेश

बसबाट २७ बोरा टेम्पर ग्लास बरामद

काठमाडौं । धनगढीबाट काठमाडौं आएको रात्रि सेवाको बसबाट प्रहरीले बुधबार करिब १५ लाख रुपैयाँ बराबरका मोबाइलजन्य सामान बरामद गरेको छ । ना८ख ८४९५ नम्बरको बसमा भन्सार छलीका सामान आएको सूचनाका आधारमा जाँच गर्दा २८ बोरामा सामान बरामद भएको हो ।

बरामद सामानमा १४ लाख १७ हजार ५ सय रुपैयाँ बराबरका २७ बोरामा पिस टेम्पर ग्लास र ८० हजार रुपैयाँ बराबरको दुई बोरा इयरपड रहेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ । बसबाट अवैध सामान बरामदीपछि प्रहरीले चालक कञ्चनपुरको बेलौरी–६ का २५ वर्षीय महेश चौधरीलाई नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्