नेभिगेशन
प्रदेश

कहिले हुने तयार

काठमाडौं उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने बिपी राजमार्गको यात्रा सहज छैन । गत वर्षको असोज दोस्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल–सिन्धुलीको कटुञ्जेबेंशी, मंगलटार, नेपालथोक सडकखण्ड डाइभर्सन बनाएर सञ्चालनमा छ ।

बाढीले बगाएका ठाउँमा खोलामै अस्थायी सडक बनाइएको छ । यात्रा जोखिमको त छ नै, यात्रुलाई क्षतिग्रस्त खण्ड पार गर्न लाग्ने समय पनि बढेको छ । अझ धुलाम्य सडक खण्डमा उड्ने धुलो नियन्त्रण गर्न पानी हाल्दा सडकमा सवारी चिप्लिने र दुर्घटना हुने सम्भावना पनि बढी छ ।

यो राजमार्गको विभिन्न खण्डको पुनर्निर्माणका लागि भने करिब ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको भए पनि पुनर्निर्माणका लागि अझै स्रोत सुनिश्चित भएको छैन । राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किमि सडकखण्डमध्ये ८ किमिमा पूर्ण रूपमा क्षति पुगेको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्