नेभिगेशन
प्रदेश

काठमाडौंमा नक्कली नोटसहित ६ जना पक्राउ

काठमाडौं । नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बुधबार राति गोकर्णेश्वर–८ अत्तरखेल चोकबाट ६ जनालाई पक्राउ गरेको छ । एक हजार दरका ९३ वटा नक्कली नोटसहित पक्राउ पर्नेमा पक्राउ पर्नेमा शंखरापुर–४ साँखु बस्ने सिन्धुपाल्चोक बाह्रबिसे–२ का ३२ वर्षीय दावा नोर्वु शेर्पा, ४४ का पासाङ शेर्पा, मेलम्ची–३ का ३२ वर्षीय प्रकाश गुरुङ छन् । यस्तै शंखरापुर–६ बस्ने चौतारा साँगाचोकगढी–१० की ४२ वर्षीया रेणुका भारती, बलेफी–२ का ६५ वर्षीय गोकर्ण थापा र शंखरापुर–३ बस्ने वर्ष ४३ का सुकबहादुर स्याङ्बो पनि पक्राउ परेका छन् । उनीहरूलाई बेलुकी करिब साढे ९ बजे प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्