नेभिगेशन
अर्थतन्त्र

पुनःनिर्माण कोषलाई मेटलाइफको आर्थिक सहयोग

काठमाडौं – मेटलाइफ नेपालले सरकारको भौतिक पूर्वाधार पुनःनिर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकमको चेक जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठसहितको कम्पनी व्यवस्थापनको टोलीले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेको हो ।

देशको भौतिक संरचनाहरूको पुनःनिर्माणमा योगदान दिई जनजीवन सहज बनाउने सरकारको पहलमा साथ दिनु नै यस सहयोगको मुख्य उद्देश्य रहेको मेटलाइफ नेपालले जनाएको छ । सन् १८६८ मा स्थापित मेटलाइफ विश्वभर ४० भन्दा बढी बजारमा सञ्चालनमा छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र