नेभिगेशन
अर्थतन्त्र

पाल्पा सिमेन्टले आइपीओ ल्याउने

काठमाडौं – पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पुस २५ देखि आइपीओमा आवेदन खुलाउने भएको हो ।

अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँमा उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी र खानी क्षेत्र पाल्पाका बासिन्दाका लागि कम्पनीले १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता छुट्याएको छ । उद्योग प्रभावित स्थानीयका लागि आइपीओमा आवेदन दिने अवधि माघ १० गरेसम्म हुने जनाइएको छ ।

वैदेशिक रोजगारीमा गएकाहरूका लागि ५ करोड ६२ लाख ५० हजार रुपैयाँको ५ लाख ६२ हजार ५०० कित्ता छुट्याइएको छ । जसमा पुस ३० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओमा आवेदन खुलाउने तयारी छ । त्यसका लागि ५६ लाख २५ हजार कित्ता छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ५ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न अनुमति पाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र