नेभिगेशन
अर्थतन्त्र

स्टक एक्सचेञ्जमा १० कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं – नेपाल स्टक एक्सचेन्जले बिहीबार १० कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । शेयरधनीलाई लाभांश दिएका पाँच जलविद्युत कम्पनी छन् भने पाँच लघुवित्त छन् । शेयरमूल्य समायोजना भएका ऊर्जा कम्पनीमा युनाइटेड इदीमर्दी आरबी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, अपि पावर, कालिका पावर र अपर हेवा खोला हाइड्रोपावर छन् । यस्तै लघुवित्तमा समता, हिमालयन, ग्लोबल आइएमई लघुवित्त, स्वरोजगार र मेरो माइक्रो फाइनान्स छन् । समायोजनपछि कायम मूल्यमा आइतबार कारोबार खुल्नेछ ।

नेप्सेले गरेको सेयर मूल्य समायोजन बोनस सेयर वितरण प्रयोजनका लागि गरिएको हो । बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी बढ्ने भएकाले सेयरको सैद्धान्तिक मूल्य घटाइ समायोजन गरिन्छ, जसले बजारमा वास्तविक मूल्य प्रतिबिम्बित गर्न सहयोग पुर्‍याउँछ । यसरी समायोजन भएपछि लगानीकर्ताले बोनस सेयर प्राप्त गर्ने आधार स्पष्ट हुन्छ भने नयाँ कारोबार मूल्यबाट सेयर किनबेच सुरु हुन्छ । समायोजनको दिनसम्म सेयर खरिद गर्ने लगानीकर्ताले मात्र सम्बन्धित बोनस सेयर पाउने व्यवस्था छ ।

शेयर मूल्य समायोजन भएका कम्पनी

१. युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर

बोनस सेयरः ५ प्रतिशत

समायोजित मूल्य: ५१९.०५

२. समता घरेलु लघुवित्त

बोनस सेयरः ५ प्रतिशत समायोजित मूल्यः ७६४.७६

३. हिमालयन लघुवित्त

बोनस सेयर: ६.६५ प्रतिशत

समायोजित मूल्य: ८७२

४. ग्लोबल आइएमई लघुवित्त

बोनस सेयर: ४.७५%

समायोजित मूल्य: १,११६.९५

५. अरुण भ्याली हाइड्रोपावर

बोनस सेयर: ५ प्रतिशत

समायोजित मूल्य: २६०.८६

६. अपी पावर

बोनस सेयर: ५ प्रतिशत

समायोजित मूल्य: २८०

७. स्वरोजगार लघुवित्त

बोनस सेयरः १४.२५ प्रतिशत

समायोजित मूल्यः ८२८.०१

८. मेरो माइक्रोफाइनान्स लघुवित्त

बोनस सेयर: ४.७५ प्रतिशत

समायोजित मूल्य: ७११.७९

९. कालिका पावर कम्पनी

बोनस सेयर: ७

समायोजित मूल्य: ५३०.८४

१०. अपर हेवा खोला हाइड्रोपावर

बोनस सेयर: १५ प्रतिशत

समायोजित मूल्य: ५४२.६

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र