नेभिगेशन
अर्थतन्त्र

विद्युत् महसुल नतिर्ने २४९ उपभोक्ताको लाइन काटियो

विराटनगर – नेपाल विद्युत् प्राधिकरण विराटगर वितरण केन्द्रले विद्युत्् महसुल नबुझाउने २४९ जना उपभोक्ताको लाइन काटेको छ । विराटनगर वितरण केन्द्रका अनुसार सो अवधिसम्म उपभोक्ताबाट ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ महसुल बक्यौता उठन बाँकी रहेको प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहले जानकारी दिए ।

प्राधिकरणले बक्यौता रकममध्ये मंसिर मसान्त सम्म ग्राहकबाट १ करोड ५८ लाख ४१ हजार ३०० रुपैयाँ किस्ताबन्दीमार्फत असुल गरेको जनाएको छ । साथै प्राधिकरणले बाँकी बक्यौता रहेका उपभोक्ताको लाइन काट्ने प्रक्रिया निरन्तर जारी रहेको र समयमै आफुले बुझाउनुपर्ने विद्युत् महशुल प्राधिकरणलाई बुझाउन आग्रह गरेको छ ।

वितरण केन्द्र प्रमुख शाहले समयमै विद्युत्् महसुल बुझाउन उपभोक्तालाई अनुरोध गरिएको तर अटेर गरेर महशुल नबुझाउने ग्राहकको पहिचान गरी लाइन काट्ने कार्यलाई तीव्रता दिएको जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र