नेभिगेशन
अर्थतन्त्र

नेपाल लाइफ प्रहरीबाट सम्मानित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई सम्मान गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको आयोजनामा वसन्तपुरमा सम्पन्न कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दरबारमार्गस्थित प्रहरी कार्यालयको पुनःसम्भार तथा पुनःस्थापनामा गरेको सहयोगको कदरस्वरूप नेपाल लाइफ इन्स्योरेन्सलाई कदर पत्र प्रदान गरेका हुन् ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट सो कदरपत्र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्तरूपमा ग्रहण गरेका हुन् ।

दरबारमार्गको प्रहरी कार्यालय निर्माणार्थ इन्स्योरेन्सले १७ लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाई अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिक सुरक्षा, सामाजिक सद्भाव र अमन चयनका लागि समर्पित नेपाल प्रहरीको भूमिका र अपरिहार्यतालाई आम नागरिकमा स्थापित गराउन तथा प्रहरी कार्यालयको पुनःस्थापनामा यस कम्पनीले पुर्‍याएको योगदानको उच्च मूल्यांकन स्वरूप कम्पनीलाई कदरपत्र प्रदान गरिएको हो ।

कम्पनीले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँको सहयोग प्रदान गरेको थियो । साथै काठमाडौँको बसपार्क स्थित प्रहरी कार्यालयको खानेपानी तथा शौचालय निर्माणार्थ यस कम्पनीले ६० हजार रुपैयाँको र जिल्ला प्रहरी कास्कीलाई कार्यसम्पादनलाई चुस्त, दुरुस्त र प्रविधिमैत्री बनाउनका निम्ति पाँच थान कम्प्युटर प्रदान गरिएको थियो ।

भदौ २३ र २४ गते भएको जेन्जी प्रदर्शन र आन्दोलनको क्रममा देशैभरिका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुननिर्माण आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफले विभिन्न खालका कार्यक्रमहरू आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि आर्थिक, सामाजिक र भौतिक रूपान्तरणका लागि विभिन्न कार्यक्रमहरूमा सहयोग गर्न कम्पनी तत्पर रहेको कुरा यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र