नेभिगेशन
प्रदेश

पाँच सयलाई कम्बल

नवलपरासी । शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेकाले यहाँको सरावल गाउँपालिका वडा नम्बर ७ ले पाँच सयभन्दा बढीलाई न्यानो कम्बल वितरण गरेको छ ।

वडाअध्यक्ष हेयात खाँ धुनियाँले ज्येष्ठ नागरिक, अपांगता भएका, एकल महिला, विधवा महिला, बालबालिका तथा अति विपन्न परिवारलाई लक्षित गरी पाँच सय ५० जनालाई कम्बल वितरण गरिएको बताए । अत्यधिक चिसो बढेपछि विपन्न नागरिकलाई कम्बल वितरण गरिएको र विद्यार्थीलाई पनि ट्रयाकसुट वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्