नेभिगेशन
प्रदेश

सुमो दुर्घटनामा ६ को मृत्यु

बागमती । हेटौँडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी– काठमाडौं सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरीखेतस्थित सडकमा आइतबार साँझ भएको सुमो गाडी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । मृतकहरूको सनाखत हुन बाँकी छ । प्रवक्ता बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको थियो । तीन जनाको भने सोही हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्