नेभिगेशन
प्रदेश

खोटाङमा भेटियो कालोसालक

खोटाङ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको अतिसंकटापन्न सूचीमा रहेको कालोसालकको बसोबास खोटाङमा भेटिएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसिएससी)ले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा खोटाङका दुई स्थानीय तहका सामुदायिक वनमा करिब छ महिना लगाएर क्यामरा ट्यापिङमार्फत कालोसालकको बसोबास रहेको प्रमाणित गरेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जालपा र खार्मी तथा रावाबेँसी गाउँपालिकाको हौँचुरका विभिन्न सामुदायिक वनमा क्यामरा ट्यापिङमार्फत कालोसालकको बसोबास रहेको पुष्टि भएको हो । प्रकृति संरक्षण तथा अध्ययन केन्द्रका अनुसार तीन वडाको सामुदायिक वनमा १६ प्रजातिका स्तनधारी वन्यजन्तुको बसाबोस रहेको अभिलेखीकरण गरिएको छ ।

एक प्रजातिका अति संकटापन्न, तीन प्रजातिका संवेदनशील, दुई प्रजातिका संकट नजिकका र १० प्रजातिका कम चासोका स्तनधारी जनावरको भिडियो तथा तस्बिर कैद गरिएको छ । त्यसमध्ये कालोसालक फेला पर्नुलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसीएससी)का कार्यकारी निर्दे शक जीवन राईले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्