नेभिगेशन
अर्थतन्त्र

नेशनल लाइफका सीईओ क्लब सदस्यलाई सम्मान

काठमाडौं – नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा सीईओ क्लब सदस्यहरूलाई सम्मान गरेको छ । इन्स्योरेन्सले वेभ हस्पिटालिटीमा आयोजना गरेको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीले क्लबका सदस्यहरूलाई सम्मान गरेका हुन् ।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य भएका ५०० जना भन्दा बढी अभिकर्ताहरूसहित विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं बागमती प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो । कार्यक्रममा बागमती प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सदस्यता वितरण तथा सम्मान गरिएको थियो । नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल र सर्टिफिकेट प्रदान गरिएको थियो । यस्तै, प्रदेशबाट आफ्नो कोड र सञ्जालमा प्रथम द्वितीय र तृतीय हुन सफल उत्कृष्ट अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

समारोहमा सीईओ खत्रीले सीईओ क्लब कार्यक्रममा नेपालभरबाट १६ सय जना भन्दा बढी अभिकर्ताहरू छनोट हुनुले योजना सफल भएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र