नेभिगेशन
अर्थतन्त्र

डोङफेङको नयाँ शोरूम दाङमा

दाङ – डोङफेङ इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धिले दाङमा नयाँ, अत्याधुनिक शोरूम सञ्चालनमा लयाएको छ । राप्ती अटोमार्ट प्रालिसँगको साझेदारीमा सञ्चालनमा आएको यस शोरूमले पश्चिम नेपालमा विद्युतीय यातायात प्रवद्र्धनका लागि महत्वपूर्ण भएको कम्पनीले जनाएको छ ।

शोरूम उद्घाटनसँगै एमएडब्लू वृद्धि र राप्ती अटोमार्टले बहुप्रतीक्षित स्मार्ट इलेक्ट्रिक एसयूभी नामी भिगोको औपचारिक अनावरण गरेका छन् । डोङफेङको क्वान्टम आर्किटेक्चर प्लेटफर्ममा आधारित यस एसयूभीमा ९९ किलोवाट क्षमताको मोटर र ३५० किलोमिटरसम्मको डब्लूएलटीपी रेन्ज दिने ब्याट्री जडान गरिएको छ । सेग्मेन्टमै पहिलो हेभेन एण्ड अर्थ टेलगेट, संगीतसँग तालमेल हुने एम्बियन्ट लाइटिङ, मेमोरी तथा वेलकम सिट, लेभल–२ एडास सुरक्षा प्रणाली तथा १८ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने अल्ट्रा–फास्ट चार्जिङ यसको प्रमुख विशेषता हुन् ।

यस अवसरमा दाङमा ‘टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज क्याम्प’ पनि सुरु गरिएको छ । क्याम्प अवधिभर ग्राहकहरूले नामी भिगो तथा नामी बक्स नाडामा अफर गरिएको मूल्यमा खरिद गर्न सक्नेछन् । साथै ७ किलोवाटको फास्ट चार्जर र ३.५ किलोवाटको पोर्टेबल चार्जर सहितको डुअल– चार्जिङ समाधान, निःशुल्क अटो प्लस बीमा तथा पुराना सवारीसाधनको आकर्षक मूल्यांकनको सुविधा प्रदान गरिनेछ । सेरेस मो डेलमा अधिकतम ६ लाख रुपैयाँसम्मका विशेष लाभहरू पनि उपलब्ध गराइने एमएडब्लू वृद्धिले जनाएको छ ।

नयाँ शोरूमले डोङफेङ र सेरेस ब्राण्डका सवारीसाधनहरूको बिक्री, सेवा तथा स्पेयर पाट्र्सको पूर्ण सुविधा प्रदान गर्नेछ । एमएडब्लू वृद्धिले दाङ तथा आसपासका ग्राहकहरूलाई विद्युतीय सवारीको अनुभव लिन र सीमित अवधिका विशेष अफरहरूको लाभ उठाउन आग्रह गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र