नेभिगेशन
प्रदेश

दूध दुहुने ‘रियालिटी शो’

काठमाडौं – पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ ।

भरतपुर महानगरपालिकाका व्यावसायिक पशुपालकमध्ये दूधलाई विविधीकरण गर्ने सहकारीमा दूध बिक्री गर्ने २० जना किसानलाई छनोट गररे कार्यक्रम निर्माण गरिएको हो । कार्यक्रममा किसानको दूध दुहुने कौशलतासँगै पशुप्रतिको व्यवहार, आहारा व्यवस्थापन, गोठको सरसफाइ, दूधको शुद्धतालगायतका पक्षहरूको मूल्यांकन गरिने निर्माता रविन सुवेदीले बताए । दूधमा आत्मनिर्भर जिल्ला चितवन उन्नत गाई भित्र्याउने जिल्लाका रूपमा चिनिन्छ । ‘पशुपालनकै माध्यमबाट यस क्षेत्रका धेरै किसानले राम्रो आर्थिक उन्नति गरेका छन् । आफ्ना सन्तानलाई स्वदेश तथा विदेशका विश्वविद्यालयमा पढाउन सफल भएका छन्,’ सुवेदीले भने, ‘ती मेहनती किसानको सम्मानका लागि नै यो कार्यक्रम निर्माण गरिएको हो ।’ पहिलो संस्करणको प्रतिक्रिया हेररे आगामी दिनमा कार्यक्रमलाई बृहत् बनाउँदै लैजाने योजना छ । पशुपालनमा मेहनत र संघर्षको कथा प्रस्तुती हुने जनाइएको छ । मंगलबार साँझ एपी वान टेलिभिजनबाट प्रसारण हुने शो ‘मेरो सेरोफेरो’ युट्युब च्यानल र सिनर्जी एफएमबाट पनि प्रसारण गर्ने तयारी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्