नेभिगेशन
विश्व

म्यान्मामा सेनासँग निकट दलको बहुमत

मान्डले । म्यान्माको प्रमुख सैन्य समर्थक पार्टीले जुन्ता सरकारको नेतृत्वमा भएको पहिलो चरणको चुनावमा जित हासिल गरेको अन्तिम परिणामले देखाएको छ । निर्वाचनमा ‘युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी (यूएसडिपी)’ ले तल्लो सदनको लगभग ९० प्रतिशत सिट जितेको घोषणा गरिएको छ ।

सन् २०२१ मा निर्वाचित आङ सान सुकीको प्रजातान्त्रिक सरकारलाई सेनाले ‘कू’ मार्फत अपदस्थ गरेको थियो भने त्यसपछि पहिलो पटक एक महिनाको अवधिमा तीन चरणमा निर्वाचन गरिरहेको छ । दोस्रो चरणको निर्वाचन जनवरी ११ र तेस्रो जनवरी २५ मा हुँदैछ ।

पश्चिमा कूटनीतिज्ञ र प्रजातन्त्रवादी पक्षधरहरूले म्यान्माकी नेतृ सुकीको ‘नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)’ को विघटन, एनएलडी नेतृत्वको नागरिक सरकारलाई अपदस्थ र निर्वाचित सांसद्हलाई अपदस्थ गरी असन्तुष्टहरूमाथिको दमन र सैन्य सहयोगीहरूको साथ मतदान भएको भन्दै चुनावलाई सैन्य शासनलाई पुनः अनुमोदन गर्ने चालको रूपमा व्याख्या गर्दै सम्पूर्ण प्रक्रियाप्रति असहमति जनाएका छन् भने परिणामलाई पनि अस्वीकार गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्