नेभिगेशन
अर्थतन्त्र

‘निर्माण व्यवसायीलाई खलनायक बनाइयाे’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको जस लिने हठका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको आरोप लगाएका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार आयोजना गरेको ‘पूर्वाधार आयोजनाको ठेक्का तोडिनुको कारण र प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिंहले एक व्यक्तिको लोकप्रियता बढाउने उद्देश्यले धमाधम ठेक्का तोड्न दबाब दिइएको र यसबाट निर्माण व्यवसायीलाई खलनायकका रूपमा प्रस्तुत गर्न खोजिएको आरोप लगाएका हुन् । घिसिङले राजनीतिक लाभ लिनकै लागि ठेक्का तोडने काम गरेको उनको दाबी छ ।

सरकारको मुख्य काम निर्वाचन गराउनु भए पनि भौतिक पूर्वाधार मन्त्रीले एकपछि अर्को ठेक्का तोड्दा निर्माण सम्पन्न हुन लागेका सडक तथा पुलका आयोजना अलपत्र पर्ने अवस्था सिर्जना भएको छ । ‘पाँच महिनाको सरकारले तोडेका ठेक्का पुनः ठेक्का प्रक्रियामा गई निर्माण सुरु हुनु तत्काल सम्भव छैन,’ उनले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र