नेभिगेशन
राजनीति

एमाले घोषणापत्र ओलीले लेख्ने, चुनावी कमाण्डर बादल

काठमाडौं – एमालेले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी कमाण्डर तोकेको छ । पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको दोस्रो सचिवालय बैठकले समग्र निर्वाचन परिचालनको जिम्मेवारी दिने गरी बादललाई निर्वाचन परिचालन कमिटीको संयोजक तोकेको हो । उनी पार्टीका समानुपातिकतर्फ उम्मेदवार छन् ।

उपमहासचिव लेखराज भट्टका अनुसार उक्त निर्वाचन परिचालन कमिटीको विष्णुप्रसाद रिमाल सचिव छन् । छविलाल विश्वकर्मा, राजन भट्टराई, हिम्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी निर्वाचन परिचालन कमिटीको सदस्य छन् ।

त्यस्तै, फागुन २१ मा हुने चुनावका लागि पार्टीका तर्फबाट जारी हुने घोषणापत्र भने अध्यक्ष केपी ओली आफैंले लेख्ने भएका छन् । अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन भएको छ । 

कमिटीमा उपाध्यक्षद्वय बादल र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको भट्टले जानकारी दिए ।

ओलीले यसअघि फागुन २१ को चुनावमा सहभागी नहुने बताउँदै आए पनि पार्टीले निर्वाचन आयोगमा दता दर्तासँगै प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दर्ता गराएको थियो । अदालती फैसला अनुकूलको आए ठीक, अन्यथा निर्वाचनमै अघि बढ्ने नीति लिएका ओली राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस र नेकपाको शीर्ष नेतृत्वसँग प्रधानमन्त्री सुशीला कार्कीको संवाद सहजीकरणपछि मत्थर भएका हुन् ।

जेनजी आन्दोलन जाँचबुझ आयोगले डेरामै आउर लिखित बयान लिने प्रक्रिया पुरा गरेपछि ओलीमाथिको स्थानहद सोमबार फुकुवा भइसकेको छ । मंगलबार एमाले सचिवालय बैठकले चुनावका लागि समितिहरू बनाएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
१९ पदका लागि ४४ उम्मेदवार

१९ पदका लागि ४४ उम्मेदवार

अमेरिकाले लगायो भिसामा धरौटी

अमेरिकाले लगायो भिसामा धरौटी

कुलमानले छाडे सरकार

कुलमानले छाडे सरकार