नेभिगेशन
राजनीति

प्रदेश मन्त्रिपरिषद् पुनर्गठन

कोशीमा एमाले–कांग्रेस भागबण्डा

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्रीहरूलाई सरकारमा सहभागी गराएका छन् । यसअघि नियुक्त सबै मन्त्रीहरू हटाएर उनले एमाले–कांग्रेस सत्तागठबन्धनको समझदारीमा मन्त्रालय भागबण्डा गरेका हुन् । सरकारको नेतत्वमा कार्कीले आफू रहेर नयाँ टोली छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार प्रदेशको मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव अनुसार नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । नवनियुक्त मन्त्रीहरूमा प्रदीपकुमार सुनुवार भौतिक पूर्वाधार, भीम पराजुली पर्यटन, वन तथा वातावरण, तिलचन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानून, विदुरकुमार लिङ्थेप आर्थिक मामिला तथा योजना, रामप्रसाद महतो सामाजिक विकास, मानबहादुर लिम्बू स्वास्थ्य र इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्रालय छन् ।

यस्तै राज्यमन्त्रीमा शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास र उमाकान्त गौतम आन्तरिक मामिला तथा कानून मन्त्रालय छन् । सत्तासाझेदारीअनुसार एमाले र कांग्रेसबाट चार–चार जना मन्त्री र एक–एक जना राज्यमन्त्री बनाइएका हुन् ।

नयाँ मन्त्रिपरिषद् गठनमा महिला र दलितलाई पर्याप्त अवसर नदिइएको भन्दै मुख्यमन्त्री कार्कीको आलोचना पनि भएको छ । प्रदेशसभामा कांग्रेसका १० महिला र एमालेका १४ महिला सांसद छन् । सरकार पुनर्गठनमा कार्कीले राज्यमन्त्री बाहेक महिलालाई अन्य मन्त्रालयको जिम्मेवारी दिएका छैनन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
१९ पदका लागि ४४ उम्मेदवार

१९ पदका लागि ४४ उम्मेदवार

अमेरिकाले लगायो भिसामा धरौटी

अमेरिकाले लगायो भिसामा धरौटी

कुलमानले छाडे सरकार

कुलमानले छाडे सरकार