नेभिगेशन
प्रदेश

ढलान भत्काएर पुनर्निर्माण

म्याग्दी – पीसीसी ढलानमा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएपछि प्रनप्रतिनिधिले भत्काएर फेरि बनाउन लगाएका छन् । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गतको काममा यस्तो भएको हो । स्थानीयवासीको गुनासोपछि गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरले ढलान भत्काएर पुनर्निर्माण गर्न लगाएका हुन् ।

पूर्वाधार विकास कार्यालयका प्राविधिक टोलीले अनुगमन गर्दा निर्माण सामग्रीको गुणस्तरमा कमजोरी पाइएको पुष्टि भएको थियो । निर्माण कम्पनीका कर्मचारी मेक थापामगरले मजदुरहरूको लापरबाही स्वीकार्दै आगामी दिनमा गुणस्तरमा संवेदनशील हुने प्रतिबद्धता जनाएका छन् ।

यो सडक आयोजना म्याग्दी र बागलुङको लागि रणनीतिक महत्वको मार्ग मानिन्छ । धारापानीदेखि झिनडाँडा खण्डमा हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको छ । सडकको चौडाइ ८ मिटर पुर्‍याइने, नाली र टेवा पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । सडक आयोजनामा दरवाङ–धारापानी सात किलोमिटर र मच्छिम–मुना चार किलोमिटरमा अक्सफाल्ट प्रविधिबाट कालोपत्र हुने योजना पनि निर्माण भइरहेको छ । यो सडक पूरै सञ्चालनमा आएपछि पोखरा–काठमाडौँको यात्रा ७० किलोमिटर छोटो हुने अनुमान गरिएको छ ।

स्थानीयवासीले गुणस्तरमा ध्यान नदिने ठेकेदारलाई सचेत गराए पनि रोक नआएपछि जनप्रतिनिधिहरूको सक्रिय हस्तक्षेपले पुनर्निर्माण सम्भव भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश