नेभिगेशन
अर्थतन्त्र

सानिमा रिलायन्सद्वारा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री वितरण

काभ्रे – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेलस्थित सन्जीवनी माध्यमिक विद्यालयका दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरूलाई ब्रेल शैक्षिक सामग्री वितरण गरेको छ ।

कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक बलराम खत्री र एरिया म्यानेजर सनी खाछें श्रेष्ठको उपस्थितिमा उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको इन्स्योरेन्सले जनाएको छ । हाल विद्यालयमा २८ जना दृष्टिविहीन विद्यार्थी अध्ययनरत छन् ।

ब्रेल शैक्षिक सामग्रीले नेत्रहीन विद्यार्थीहरूलाई स्वतन्त्र रूपमा पढ्न र सिक्न सहयोग गर्ने, समान शैक्षिक अवसर प्रदान गर्ने तथा समावेशी शिक्षालाई प्रवर्द्धन गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ । यसले भविष्यमा उच्च शिक्षा र रोजगारीका अवसरमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । कम्पनीले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा आगामी दिनहरूमा पनि सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको उत्तरदायित्वलाई निरन्तर आत्मसात गर्ने जनाएको छ । नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई समान रूपमा अघि बढाउने प्रतिबद्धता समेत कम्पनीले दोहोर्‍याएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्