नेभिगेशन
अर्थतन्त्र

सुजुकीको भिक्टोरिस बजारमा

काठमाडौं – सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले नेपाली बजारमा आफ्नो अहिलेसम्मकै सबैभन्दा धेरै फिचर भएको नयाँ एसयुभी भिक्टोरिस सार्वजनिक गरेको छ । आकर्षक डिजाइन, विलासी आराम र इन्टेलिजेन्ट प्रविधिको समिश्रण सहित यो एसयुभी बजारमा ल्याएको कम्पनीले जनाएको छ ।

यो गाडीमा स्ट्रोङ हाइब्रिड, अलग्रिप सेलेक्ट (४×४) र १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनको विकल्प रहेको छ । यो गाडी म्यानुअल र अटोमेटिक विकल्पका साथ सुरक्षाका प्रणालीमा विशेष ध्यान दिइएको छ । यो गाडीले सुरक्षाको क्षेत्रमा फाइभ स्टार ग्लोबल एनक्याप रेटिङ हासिल गरेको छ ।

ग्राहकको आराम, सुरक्षा र सुखद ड्राइभिङ अनुभवलाई मध्यनजर गर्दै यसमा आधुनिक समयका सबै आवश्यक सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ । यो एसयुभिले ‘इन्डियन कार अफ द इयर २०२५’ को उपाधि समेत प्राप्त गरिसकेको छ ।

लन्चिङ अफर मूल्य ५० लाख ९९ हजार रुपैयाँ कायम गरिएको यो गाडीमा दुई लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस समेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ । यो अफर पहिलो ५० बुकिङको लागि रहेको वितरक कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्