नेभिगेशन
अर्थतन्त्र

स्मार्ट अप्लायन्सेसको शून्य ब्याजमा किस्ता सुविधा

काठमाडौं – केएल दुगड ग्रुपअन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले जगदम्बा हायर पर्चेज लिमिटेडसँग साझेदारी गर्दै आफ्ना स्काईवर्थ र लिभप्योर ब्राण्डका उपकरणमा शून्य प्रतिशत ब्याजदरमा किस्ता सुविधा सुरु गरेका छन् ।

ग्राहकहरूले स्काईवर्थ र लिभप्योरका विभिन्न उपकरणहरू १२ महिनासम्म बिना ब्याज किस्तामा खरिद गर्न सक्नेछन् । एकैपटक ठूलो रकम तिर्नुपर्ने आर्थिक बोझ हट्ने भएकाले यस सुविधाले देशभरका उपभोक्तालाई गुणस्तरीय घरेलु उपकरण सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको छ । स्मार्ट अप्लायन्सेसका अनुसार यो योजनाले नेपालमा घरेलु उपकरणको बजारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ । कम्पनीले आम नेपाली परिवारलाई आधुनिक र भरपर्दो उपकरण प्रयोग गर्न सहज बनाउने उद्देश्यसहित यो सुविधा ल्याएको जनाएको छ ।

सम्झौतापत्रमा स्मार्ट अप्लायन्सेसका तर्फबाट उपमहाप्रबन्धक अमित बज्राचार्य, वरिष्ठ मार्केटिङ अधिकृत विवेक राठी र सहायक वित्त प्रबन्धक अमित ठाकुरले हस्ताक्षर गरेका छन् भने जगदम्बा हायर पर्चेजका तर्फबाट व्यापार इकाइ प्रमुख पल्लव श्रेष्ठले हस्ताक्षर गरेका छन् । साझेदारीबारे स्मार्ट अप्लायन्सेसका प्रतिनिधिले जगदम्बा हायर पर्चेजसँगको सहकार्यले ग्राहकलाई थप वित्तीय सुविधा प्रदान गर्ने र हरेक परि वारसम्म गुणस्तरीय उपकरण पुर्‍याउने कम्पनीको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् ।

शून्य प्रतिशत किस्ता सुविधासहित ल्याइएको यो योजनाले नेपाली घरेलु उपकरण बजारमा ग्राहक सुविधाको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्